मानव समाजको विकास क्रमसंगै विकसित हुँदै आएको गुठी प्रथा नेपाली समाजको सभ्यता र परम्पराको लामो श्रृंखलाहरुमा आवद्ध भएको पाईन्छ । यही सभ्यता र संस्कारको संरक्षण एवं सम्वद्र्धन गर्नका लागि हाम्रा पूर्बजहरुले मठ–मन्दिर, धर्मशाला, पाटी–पौवा, बाटो –घाट, हिटी, धारा, कुवा, स्थापना गरी पर्व पूजा जात्रा आदिको व्यवस्था लगायत तीर्थयात्री, जोगी, सन्यासी आदिलाई सदावर्तका साथै गरीव–गुरुवालाई सीधा हण्डी र सार्वजनिक अस्पताल, विद्यालय आदि परोपकारी र सामाजिक कार्यकोे सञ्चालनार्थ आफ्नो जीवनभरको कमाई वाट चल अचल सम्पत्ती उदात्त भावनाले छुट् याई राखिदिएका छन् । दाताले छुट्ट्याई राखेका ती चल–अचल सम्पत्ति नै गुठी हो ।

पर्यटकिय महत्व समेत वोकेका राष्ट्रिय मठ, मन्दिर एवम् जात्रा, यात्रा, पर्व, नाच–गान, भजन आदि नै नेपालको छुट्टै चिनारी झल्काउने सांस्कृतिक धरोहर हुन् । जाती, समाज र सिङ्गो राष्ट्रको स्वतन्त्र अस्तित्वको पहिचान गराउने निधिहरु धार्मिक, सांस्कृतिक, ऐतिहासिक, सामाजिक सम्पदाहरु नै हुन् । यिनै सम्पदा राष्ट्रको गौरव हुन् , राष्ट्रिय पर्यटन व्यवसायको आधार स्तम्भ हुन् । यिनीहरुलाई बचाउने, बचाई राख्ने कार्यमा खलल पुग्न गयो भने हाम्रो संस्कृती लोप हुन जाने हुन्छ । संस्कृति एक पटक लोप हुन गयो भने यसको पुनप्र्राप्ती असम्भव छ ।

गुठी भनेका जग्गा जमिन वा भोगको विषय होइन । यो कला, संस्कृति, परम्परा र धर्मको समग्र रुप हो, राष्ट्रको पहिचान हो, समाजको जीवन पद्धति हो । व्यक्ति विशेषको इच्छा र आकांक्षा गुठी संचालन र संरक्षणमा बाधक हुन सक्दैन भन्ने मानसिकताको विकास हामी सबैमा हुन जरुरी छ । समग्रमा गुठी भनेको हामी सबैको साझा सम्पत्ति हो । त्यसैले समयानुकूल यसको संरक्षण, संम्वद्र्ध न, संचालन र व्यवस्थापनमा सबै एक जुट भएर अघि बढ् नु आजको टड् कारो आवश्यकता हो ।

वर्तमान परिवर्तित सन्दर्भमा हाल भएका र विगतमा प्रस्ताव गरिएका संशोधन समेतलाई आधार लिई जग्गा प्रशासनवाट अलग गरी गुठी सम्बन्धी सम्पूर्ण काम कारवाही हेर्ने छाता संगठनको रुपमा यसलाई विस्तार र विकास गरी स्पष्ट नीति, निर्देशन, दिशाबोध र प्रभावकारी कार्यक्रम स्रचालन गर्न गुठी ऐनलाई चाँडो भन्दा चाँडो समयसापेक्ष परिमार्जित कानूनको रुप दिन अपरिहार्य छ ।

काठमाडौं उपत्यकामा शासन गर्ने लिच्छवीहरु गणतन्त्र प्र णालीका अनुयायी थिए । उनीहरुको सामाजिक कार्य सम्पादन गर्ने पाञ्चाली हुन्थे या त गोष्ठी हुन्थे । समान धर्म विचार, जातिको समूह गोष्ठी हुन्थ्यो, भने समान धर्म जाती नभएका व्यक्ति पनि समावेश हुने स्वायत्त शासनको इकाई पाञ्चाली हुन्थे र सामाजिक कार्य क्षेत्रभित्र पर्ने काममा अर्पण गरिएका जग्गाको व्यवस्था पाञ्चालीवाट हुने गथ्र्यो ।

वि.सं.२००७ साल अघिसम्म राजगुठी अन्तरगतका अमानतमा संचालित गुठीको बन्दोवस्त गुठी बन्दोवस्त अड्डावाट हुने र छुट गुठीहरुको बन्दोवस्त तथा संचालन लिखत परम्परा बमोजिम छुट गुठीका गुठीयारहरुवाट हुँदै आएको पाईन्छ । २००७ सालमा प्रजातन्त्रको स्थापना पछि गुठीको बन्दोवस्त अर्थ मन्त्रालयवाट हुने व्यवस्था भएको थियो । केन्द्रीयस्तरको कार्य गुठी बन्दोवस्त अड्डावाट भई रहेकोमा वि.सं.२०१८ सालमा गुठी बन्दोवस्त अड्डाको पुनर्गठन भयो । गुठीको रकम असूल गर्न र खर्च गर्न गुठी तहसिल र गुठी खर्च अड्डा भन्ने नामले ज्ञ मालपोत विभाग अन्तरगत रहेको पाइन्छ । नेपालकोे संविधान,२०१९ ले गुठी रकम (देवस्व) लाई राज्यकोषवाट अलग गरेकाले राजगुठीको वन्दोवस्त र संचालन गर्न गुठी संस्थान स्थापना भयो । गुठी संस्थान ऐन लागू हुनु पूर्व सम्पूर्ण गुठीका कर्मचारीहरु नेपाल सरकार कै कर्मचारी भएका र तिनीहरुवाटै गुठीको वन्दोवस्त हुने हुनाले गुठीका कर्मचारी प्रशासनको सम्पूर्ण खर्च पनि तत्कालिन सरकारले नै व्यहोरेको थियो ।